महादेव, येशु र बुद्ध संग नारायणको भद्रगोल साझा सवाल.

received_10153310495788543

नारायण: नारायण नारायण! नमस्कार! लोक, परलोक र ज्ञात अज्ञात लोकका ज्ञाता हरुलाई. आज एउटा बिशेष परिश्थितिमा पृथ्वी लोक को नेपाल भन्ने राज्य को साझा सवाल नामक कार्यक्रम यस स्वोर्ग लोक को सघन कक्ष मा हुन गैरहेको छ. पृथ्वीका नर नारीका बिशेष अनुरोध मा हुन गैरहेको आजको यस कार्यक्रम मा भाग लिन हामीले निम्त्याएका छौं, देव हरुको देव महादेव, र भर्खरै मात्र जनले देव बनाएका देव द्वय येशु र बुद्ध लाइ पनि आज यहा निम्त्याएका छौं.

यसैगरी हामी माझ हुनुहुन्छ अति बिशिष्ट श्रोता हरु, जस्का जिज्ञासालाई पनि यी देव हरु बाट सम्बोधन हुनेछन. आजका श्रोता माझ हुनुहुन्छन भगवान श्री कृष्ण, धर्तिय राज्य अमेरिका का पूर्वो राष्ट्रपति जिम्मी कार्टर, पूर्वो हिन्दु राज्यका राजा बिरेन्द्र, पूर्वो भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र उनका छोरा राजिव, महामहिम Pope Alexandre VI, Mongol र China का तत्कालिन राजा Kublai Khan, तथा अन्य गन्यमान्य सज्जन बृन्द हरु. .

त आजको कार्यक्रम सुरु गर्न भगवान श्री गणेश लाइ श्रोता हरुले ल्याउनु भएको आ आफ्नो लड्डु चधाइदिन अनुरोध गर्दछु. र सर्वोप्रथम आजको कार्यक्रमको प्रश्न सोध्न भगवान श्री कृष्ण लाइ बिनम्र अनुरोध गर्दछु.

श्री कृष्ण: धन्यबाद नारद, देव हरुका देव महादेवलाई मेरो कोटी कोटी प्रणाम! तपाइको शिरमा रहेकी माता पार्वतीलाई पनि मेरो प्रणाम!

महादेव: मेरो पनि तपाइलाइ प्रणाम!

श्री कृष्ण: तपाइँ र म एउतै हौँ र तपाइलाइ थाहा नै छ, मैले के प्रश्न गर्दैछु भनेर तैपनि आजको यस समयमा तपाइको वानीको अतुलनिय महत्वो भएकोले म केहि प्रश्न सोध्न गैरहेको छु.

महादेव: सोध्नुश कृष्ण जी

येशु: पख्नुश, पख्नुश…. यहा उपस्थित सब देवी देवतालाई मेरो पनि नमस्कार छ. मलाइ जय सम्भु भन्न अघि देखि नै हतारो भैरहेको थियो. (गाजा सल्काउदै)

बुद्ध: धत् मोरो, शिवजीको अगाडी पनि येस्तो व्यवहार गर्छ? तर माफ पाउ बिचमै बोलेकोमा भगवान श्री कृष्ण लाइ चाहीं दर्शक वृत्त मा किन राख्नु भएको श्री श्री श्री नारायण? मेरो ठाउँ नै यो होइन. यो आशन त उहा को हो. प्रणाम सबैलाई.

नारायण: यसको उत्तर श्री कृष्ण आफै दिनु होश प्रभु.

श्री कृष्ण: हेर भाइ बुद्ध, तिमि संग मेरो कुरो कहिले पनि भएको छैन, म के हुँ भनेर आज तिमीलाई भन्नु पर्दा म आफै खुशी भैरहेको छु.

तिमि मेरो र महादेव को प्रश्न उत्तर ध्यान दिएर सुन, उत्तर तेसैमा हुनेछ.मलाइ सोध्ने मौका देउ.

बुद्ध: हुन्छ प्रभु!

श्री कृष्ण: प्रभु यो सुर्य मुखीको चमक, यसमा उड्ने भवाराहरु र सुर्य किरण को के साइनो छ?

महादेव: next question !!

श्री कृष्ण: उत्तरै नदीइ?

महादेव: आज समयको माग अनुसारको प्रश्न गर्नुष न. बिचरा नेपाल, सिरिया जस्ता देश हरु मा मनुष्य बेकाल्मा मर्दैछन तपाइँ ले येस्तो उरेथ्लाग्दो प्रश्न गर्नु हुन्छ जस्तो मलाइ लाग्या थिएन. ल येशु एता आउनुहोश चिलिम भर्नु भो?

येशु: छ प्रभु, यी लिनुहोश!

महादेवको शिर माथि बाट पार्वती बोल्दै: होइन आजको दिन पनि के trip हानि रा होला बुदा. सारा संसारले देख्ने गरि!!

महादेव: देखे के त? आखिर संसार भर येसकै छ ब्यापार. कि कसो येशु?

येशु: हो प्रभु मेरा अनुयायी हरु पनि धेरै येसकै लतमा परेका छन्. तपाइको पशुपतिनाथमा त झन् भन्नै परेन होइन?

महादेव: त्यै भनेको. हेर्नुश कृष्ण जी, म त परें भक्छ्यक, नारायण जी ले साचिकै गल्ति गर्नु भयेछ मलाइ यहा बोलाएर… तपाइको प्रश्न को उत्तर त ब्रम्हाजी ले मात्रै दिन सक्नुहुन्छ. बरु मेरो आदर्श बोकेका देशका पूर्वो राष्ट्रपति जिम्मी संग एउटा भलाकुसारी गर्नु मन थियो!

नारायण: एक छिन पख्नुश न प्रभु! श्री कृष्ण प्रभु, तपाइँ आफै पनि महा प्रभु हुनुहुन्छ… कृपया तेस्को उत्तर पनि तपाइँ आफै दिनु होश न अनि हाम्री अर्कै सन्दर्भमा कुरा अगाडी बधाउन्ला!

श्री कृष्ण: ल ठिक छ. सुर्य को किरण तिर टाउको बटार्ने फूल सूर्यमुखी लाइ सुर्यको power को लालशा हुन्छ. यो फूल मा पाइने रशको स्वादको निम्ति भवराहरु वरिपरी झुमिरहनछन. तेसरिनै संसारमा power को पछि पछि जो पनि दौडिन्छ र जब रश टन्न चुसेर सकिन्छ तब मानिस हरु भौतारिन्छन,

Kublai ले भर्खर धोति च्याप्दै भित्र छिरेका कराम्चंद गान्धीलाई काने खुशी गर्दै: यो मुजफर्लाल देउता हरु झ्याप छ जस्तो छ. सुक्को कुरो बुझ्या होइन.

गान्धी: खितितिती खितितिती (हाँस्दै)

Pope Alexandre : तपाइहरु कृपया एकछिन चुप्लाग्नुश. आज मैले मेरो प्रभु लाइ आफ्नो आखाको सामुन्ने देख्न पाइराख्या छु. दर्शन पनि भन्न पाएको छुइन.

येशु: नकरा साले! त मुजफर्लालले जिउदै हुदा मेरो नाम र पद मा कति मान्छेलाई दुख दियिश मलाइ था छैन भन्ठान्या होला. (बुद्ध तर्फा हेर्दै) मलाइ त मानव जाति प्रति बिश्वाश नै लाग्न छाडी सक्यो. एस्लाई मात्र के भनुम र सबै जना तेही power नै पाउन को निम्ति काटमार गर्छन. म चैं त्याँ धोति मै जिन्दगि बिताएर आएँ.. यिनीहरु त मेरो नाममा सुनैसुन बटुलेर राज मात्र पो गर्दो रहेछन अनि बाकि जनतालाई चाइ लात हान्ने रैछन.

बुद्ध: तेइ भएर बाकि सर्वोसाधारनको जिन्दगि जैले बिरक्तिएको. मैले येत्रो ज्ञान फैलाउने कोशिश गरें. साला कुकुर को पुच्छर सिदा हुन्थ्यो होला यी नालायक हरु कैल्यै सोझियेन.

महादेव: बाबु नारायण!

नारायण: हजुर प्रभु,

महादेव: अलि यता आउनुश त!

नारायण: हश, हुन्छा प्रभु!

(नारायण महादेव तिर कान लग्दै)

महादेव: यी इन्दिरा र राजा बिरेन्द्र चैं किन एक अर्का संग गमक्क परिरा नि?

नारायण: हुने भै हाल्यो नि प्रभु… इन्दिरा को राज्य ले बिरेन्द्रको राज्यलाई धेरै दुख दिराख्या रैछ… तेइ भएर…

महादेव: होइन यो मोरो कृष्ण के हेरेर बस्छ? पैला द्रौपदी को वस्त्र हरण हुँदा त खूब hero बनेर माथि बाट सारी फाल्दै थिए.. आज तेत्तिका मानिसलाई पिर मर्का पर्या बेलामा कस्तो नालायकीपन देखाइरा.

श्री कृष्ण: होइन प्रभु, मैले सक्दो दिन खोज्या थिएँ… तर नेपालीहरु आफै स्वाभिमानी बन्ने अरे…. आफ्नो खुट्टामा आफै उभिनको लागि अलि बढी दयनिय हुनु पर्यो अरे… अनाज, बालि, उब्जनी आदि इत्यादि मा आफ्नै लगानी र मिहिनेत प्रयोग गरेर अरुको भर नपर्ने मनसाय छ भने प्रभु मलाइ त. के हो के हो म त कुरै बुझ्दिन? अनि प्रभु पहिले पो सतियुग थियो… द्रौपदी को स्वच्छ मनले बोलाएको मा म त्यहा पुगेको हूँ, अहिले त सब कुरो नक्कली छ, देश प्रेम र आत्मस्वाभिमान को कुरा पनि नक्कली हो जस्तो लागेर मलाइ पनि खासै जानु मन भएन.

महादेव: तपाइँ आफै नै प्रभु भएर येस्तो कुरा गर्न अलि मिलेन कि?

श्री कृष्ण: हुन त म नै सबै कुरा हूँ. म नै प्रेम हूँ, म नै धन हूँ, म नै बिस्वो हूँ, म नै तपाईं हूँ, म नै वायु हूँ, म नै बर्षा, म नै यो धर्ति हूँ र म नै हूँ यो आकाश, म नै दानव हूँ, म नै धर्म र भगवान हूँ.. म नै सब कुछ हूँ तसर्थ मलाइ तपाइँ हरु सबले नमस्कार गर्नु. (कुरुक्क्षेत्रमा कृष्ण ले अर्जुनलाई देखाउने अवतार दोहोर्याउन्दै)

इन्दिरा गान्धी (छोरो तिर हेर्दै): हेर आज मैले र तैंले नेपाल जस्तो मुलुक लाइ नहेप्या भए आज कृष्ण जी को यो अवतार हेर्न पाउन्थ्यों. थुइक्क जिन्दगि!! uh येशु जी खै एक pop तानुम त!! tension भयो.

येशु: दिन्न म..

नारायण: अब प्रश्न बिस्तार गर्ने क्रममा छु. पछाडी पट्टि बस्ने छोटो कपाल भएको र बिचमा अलिक जुँगा भएको भद्र पुरुषलाई आफ्नो परिचय सहित प्रश्न सोध्नु होला.

Hitler: हजुर, नमस्ते! मेरो नाम hitler हो र म पहिला जर्मनी भन्ने देशको chancelor थिएँ. मेरो प्रश्न सबै देव हरुलाई छ.

येशु: पख़ पख़! तैं साले पशु होइन जसले लाखौँ जनतालाई bunker मा कैद गरेर मार्ने? तलाई कसले भित्र छिरायो? होइन त स्वोर्ग चैं कसरि  आयिश?

बुद्ध: पख्नुश येशु जी उहाको प्रश्न त सुनौं! सोध्नुश प्रश्न!

Hitler: प्रभु मैले धर्तिय जीवनमा आफ्नो देशको भूभाग बढाउने कोशिश खूब गरेको हूँ. हो मैले मान्छे हरु मारेको हूँ. तर मान्छे त अरुले पनि मारेका थिए र अहिले पनि मारी रहेका छन्. केवल मलाइ मात्र किन दानवीय रुपले हेरिन्छ? तपाइको कृष्ण भगवान  स्वयम्ले पनि महाभारत मा तेतिका मानिस मार्न सहयोग गरेका थिए.. इतिहासमा सबै मुलुक बन्नु पूर्व war भएकै थिए र example को लागि afghanishtan, इराक, सिरिया जस्ता देश हरुमा त अझै बेग्लै किसिमको मानविय क्ष्यति भै रहेछन. मैले त केवल मेरो राष्ट्रको स्वार्थ पुरा गर्न आफ्नो पहूँच लाइ बरकरार राखेको थिएँ. के राष्ट्रियता जोगाउनु वा बचाउनु अनि क्ष्येत्रफ़ल बढाउनु पाप हो? यदि तेस्तो हो भने त यी मेरै अगाडी बस्नु भएका कुब्लाई खान लाइ पनि त्यो भन्दा घृणित काम गर्नु भा छ. उहालाई चाइ किन नभन्ने?

महादेव: श्री कृष्ण, केहि बोल्न चाहनुहुन्छ?

श्री कृष्ण: म बोल्थें तर प्रश्न तपाइहरु प्रति लक्षित छ.

महादेव: ठिक छ म भन्छु. हेर भाइ hitler, यो धर्तिलोक जसलाइ हामीले मृत्युलोक पनि भन्ने गरेका छौं. त्यहाँ मानिसको अस्तित्वो र जुम्रा को अस्तित्वो सब समान छ. फरक केवल मानिसको सोच्ने शक्ति भएको हो. तिमीलाई चाहनाको अभिलाषाले सम्पूर्ण मानवता भुलायौ. नत्र यो सुनौलो धर्ति सबैलाई एकपटकको जुनीमा हेर्नै पर्ने रमणीय प्रकृतिको संसार ब्रम्हाले शृष्टि गर्नु भएको हो. भन्न त कसैले भन्लान, मानव जाति यस धर्तीमा एउटा टेस्ट lab भएका survival  of  the  fittest का पात्र हरु हुन तर कुरो तेती होइन… बुद्धजी, तपाइको buddhism येस्मा add गर्नुस् त.

बुद्ध: हुन्छ प्रभु! survival  of  the  fittest  को दौरान मानिस हरु थुप्रो कडी बाट गुज्रनछन. सबै को जीवन समान हुदैनन्.. दुख र सुख मिलेर नै सबै जीवन चलि रहेको हुन्छ र दुख ले निम्त्याउने दर्द संसारमा बढी भएको हुनाले… मनुष्यको सोचाई  भौतिक  समाज  भन्दा माथि रहनु पर्छ भन्ने सम्झेर मैले मेरो नीति सार्वोजनिक गर्दै हिडेको थिएँ. धेरै जसो ले येस्तो पद्धति अपनाउँदा शान्ति अनि आनन्द पाए…

येशु: र जब तिमीहरुले राजनीति र देशको नक्शा को निहूँ मा एक अर्का को काटमार गर्न थाल्यौ तब हामीले शान्तिको नाममा फैलाएको सबै शिक्षाको धज्जी उदाइदियौ. तेसैले तिम्रो देशको बचावोत्को लागि तिमीले लिएको नीति असल थियो भन्ने हामीलाई लाग्दैन. तिमीले नरसंहार गर्यौ.

hitler: त क्रुरता त शिवजी आफै पनि…

श्री कृष्ण: बस, अहिले शिवजी रिसाउनुभो भने तिम्रो यता खैरियत हुने वाला छैन. शिवजी को क्रुरता अशुर हरु प्रति लक्षित छ निर्दोष प्रति होइन…. धर्तीमा तिमि अशुर बन्यौ र भिन्न धर्म र आस्था मान्ने हरुको घाती निमोत्यौ. तेसैले तिमीलाई सबैले औंलो ठड्याएको हो.

राजा बिरेन्द्र: प्रभु अनि मेरा प्रजा हरुमा भैरहेको दमनलाई चैं कसरि हेर्नु हुन्छ?

नारायण: यसको जवाफ चाइ म महादेव बाटै लिन चाहें

महादेव उभेर आफ्नो जत्ता हल्लाउंदै…

महादेव: मेरी गंगाले सदियौं देखि हिमालय को मार्फत आफ्नो पानि बगाइरहेकि छे. तिमि मुर्ख हरुले आफ्नो भूभागमा परेको पानि माथि पनि भ्रस्टाचार गरेर तिम्रा  मानवलाई येस्को benefit बाट पर लग्यौ… अरे बा मेरो त सोच्दै पारा तातेर आयो हो… तिमीहरुको तातेन? अहिले सतियुग भा भएपो मैले आएर केहि गर्छु भन्ने अहिले त तिमीहरुकै युग छ किन बोल्न सक्दैनन्…. ए येशु… केहि मिठो कुरा गरिदेउ त अनि खै त्यो तिमि मात्र कति तानिरा? (गाजा आफूतिर तान्दै)

येशु: तेइ प्रभु, धर्म को नाम ओडाएर विभिन्न घृणित क्रिया कलाप गर्न दिएर आफ्नो जनता को आस्था बिपरित काम गर्ने जमातलाई यिनीहरुले आत्मसात गरेर बिदेशीलाइ पालेका छन्, भाडामा प्वाल पारेका छन् अनि जहिले पानि रित्तियो भनेर बिदेशी संगै गुहार माग्छन अनि कसरि बनोश त सहि नीति? ए मोहनदास (महात्मा गान्धी), तिमीलाई कसले गोलि हान्या रे?

मोहनदास: नथुराम गोड्से प्रभु!!

येशु: ई येस्लाइ त पत्ता साफ गर्दियो… तिमीहरुका कोइ माइकालाल जन्मेनन गोड्से जस्ता?

बुद्ध: धत् कस्तो कुरा गर्नु भएको? अहिंसा सिकाउनु पर्नेमा प्रभु बाटै येस्तो सिकायिन्छ र?

येशु: पहिलो म प्रभु हो भनेर मलाइ थाहा छैन, दोश्रो, द्वी चार जना मरेर वा मारेर गए बाकि लाइ चैन हुन्छ भने किन तेस्तो नगर्ने.. यी भाते हरुले जहिले पनि बिनास निम्त्याउञ्छन, तपाइँ हेरी मात्र राख्नुश न! ए कार्टर, तिम्रो संस्थाले साँची के काम गर्छ रे?

कार्टर: कता प्रभु?

येशु: नेपाल मा नि मोरो, अरु कता हुनु? तिमीले त स्याबासी पुरस्कार पनि पायौ रे!!

कार्टर: हो प्रभु, मेरो संस्थाले नेपाल मा शान्ति समायोजन को निम्ति निकै ठुलो योगदान दियो प्रभु!

येशु: झुठो नबोल तिमि, तिम्रो संस्था को काम त्यहा जासुशी गर्ने बाहेक अरु केहि देखॆइन्दैन, तेस्तै शान्ति र मानवताका लागि गएको यदि हो भने अहिले जस्तो मानवतामा परेको झट्का अरु कहिल्यै भा थिएन. किन केहि गर्दैन तिम्रो सरकार र संस्था? तिम्रो संस्था को काम प्रति मेरो निकै ठुलो आशंका छ.

नारायण: आज को कार्यक्रम बाट नेपाल मा केहि उज्ज्वल प्रगति होश भन्न, प्रभु हरु को गुप्त meeting बसेर भावी योजना मलाइ दिनु होला र मा पढेर दर्शकलाई सुनाउन्ला.

(प्रभुहरुको सानो meeting सुरु हुन्छा र मीतिंग सके पछि एउटा बिवरण नारायणलाई दिइन्छ)

नारायण बिज्ञप्ति पढ्दै: धर्तिको एउटा सुन्दर राष्ट्र नेपाल मा अहिले आएको समस्याको समाधानको लागि तत्काल चाहिने तेल भएता पनि आधुनिक युगमा solar electric bus को सेवा संचालन गर्न हाम्रो सुझाब छ. मुलुक मा कुनै पनि उत्पादन नभएको खण्डमा, यस किसिमको busको प्रयोगले ढुवानी र मानव आवत जावतको लागि बिल्कुलै कम पैसामा जिविका चलाउन सक्ने वातावरण बनाउँछ. यस बाहेक, यसले मुलुक भरि नै महगाइलाइ न्यून गर्ने काम गर्छ. महंगी कम हुने बित्तिकै जनता माझ धेरै savings को माहौल बन्छ. धेरै savings ले banking को क्षेत्रलाइ पनि मजबुत बनाउँछ. जनता savings ले खुशी भएमा धेरै स्वस्थ पनि रहन्छ. स्वस्थ दिमागले सोचेमा पाँचै बिकास क्षेत्र नै बिकास हुनेछ. पाँचै बिकास क्षेत्रमा व्यवसायिक सीचाई, कृषि आदिको वृद्धिको लागि ढोका हरु खोल्ने छ. यसरि पाँचै बिकासको प्रगति भएमा अहिले तराई मा चलेको जस्तो आन्दोलन निम्त्याउनु नै परेन तेसैले प्यारा नर र नारि हरु तिमीहरुले अहिलेको माहौल लाइ मौका मा बदल्न येस्ता काम हरु गर्नु र छिमेकी संग धेरै निर्भर नपर्नु.

श्री पशुपतिनाथले सबैको कल्याण गरुन. जय सम्भो!

नारायण: प्रभुहरु, आजको कार्यक्रम समाप्त भएको छ. बेलुका पार्वती माताले रात्रिभोजन को कार्यक्रम राख्नु भएको छ. कृपया नलजाई पाल्नुहोला.

नारायण नारायण!!

 

 

 

6 thoughts on “महादेव, येशु र बुद्ध संग नारायणको भद्रगोल साझा सवाल.

    1. wow, people are so easily offended these days……. take it easy my friend.. okay do this with me,, breaaaatthheee innnnnnn and breaaaathhhee outttttttt!!!

      Like

    2. This author is going to ask help from his family, friends, intimate mates and so on whom he can count on his life because that is The only truth in his life. Nobody has an authority in his life than himself not even any higher being because of the simple fact that they don’t exist. We are so much prone to making false comparison with the idea that we are fed upon though the epistemological ideas that we don’t know of. Please make an effort to grasp the core idea of this artistic material. Enjoy the art, review your perception.

      Like

Leave a comment